सोमबार, असार २९, २०८३

हनिमुन छोडेर जोश विश्‍वकपमा होमिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फुटबलको महाकुम्भ विश्वकप २०१८ बिहीबारदेखि रसियामा हुँदैछ । विश्वकपकै कारण बालबालिकादेखि वद्धवृद्धा पनि विश्वकपमा आफ्नो टीमको समर्थनसहित जर्सीमा सजिने गरेका छन् ।

दर्शक तथा खेलप्रेमीका लागि मात्र होइन खेलाडीका लागि पनि यो ठूलो चार्ड हो । यो चार्डमा सहभागी हुन धेरैले बेग्लाबेग्लै त्याग गर्ने गरेका छन् । त्यसको एक उदाहरण हुन अष्ट्रेलियाका डिफेन्डर जोश रिस्डन ।

उनले फिफा विश्वकपका कारण हनिमुन त्यागेका छन् । भर्खरै वैवाहिक बन्धनमा बाँधिएका उनले हनिमुन एक खास पल भएको भन्दै जोशले विश्वकप आफ्ना लागि सबैभन्दा महत्वपूर्ण रहेको बताए ।

श्रीमतीले पनि आफ्नो निर्णयमा सहमति जनाएको भन्दै जोशले दुवै जना विश्वकपपछि हनिमुनमा जान तयार रहेको बताए ।

अष्ट्रेलियाले आगामी जुन १६ मा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि जुन २१ मा हुने खेल डेनमार्कसँग र जुन २६ को खेल पेरुसँग हुने खेल तालिका सार्वजनिक भएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।