मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्री रामबहादुर थापालाई हराउने देवकोटाले लिए सपथ

गृहमन्त्री रामबहादुर थापालाई हराउने देवकोटाले लिए सपथ

बागमती प्रदेशमा भएको जेठ ६ मा भएको उपचुनावमा डा देवकोटा विजयी भएका हुन्। नेपाल कम्युनिस्ट पार्टी एमालेका आधिकारिक उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा थिए भने डा देवकोटा पनि नेकपा एमालेकै माधवकुमार नेपाल पक्षका नेता हुन्। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा विजयी भएका डा. खिमलाल देवकोटोल पद तथा गोपनीयताको सपथ लिएका छन्। संघीय संसद् सचिवालयमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले डा देवकोटालाई सपथ खुवाएका हुन्।

बागमती प्रदेशमा भएको जेठ ६ मा भएको उपचुनावमा डा देवकोटा विजयी भएका हुन्। नेपाल कम्युनिस्ट पार्टी एमालेका आधिकारिक उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा थिए भने डा देवकोटा पनि नेकपा एमालेकै माधवकुमार नेपाल पक्षका नेता हुन्। 

देवकोटा कांग्रेस, माओवादी, एमाले (माधव नेपाल) पक्ष, जसपाबाट साझा उम्मेद्वार बनेर चुनाव जितेका हुन्। आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाएर जिताएको भन्दै एमालेको ओली पक्षले नेपाल पक्ष ११ नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। 

प्रकाशित: May 28, 2021| 09:10 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।