मंगलबार, असोज १३, २०८३

अर्थतन्त्रमा चुनौती बढ्यो : अर्थमन्त्री पौडेल  

'आगामी दिनमा 'भी' आकारमा अर्थतन्त्र वृद्धि हुने अपेक्षा गरिएको भएपनि नयाँ वर्षसँगै फैलिएको कोभिडको दोस्रो लहरका कारण क्रमश चुनौती र जोखिम बढाइदिएको छ,' मन्त्री पौडेलले भने। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा चुतौती थपिएको बताएका छन्। आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। 

कोरोनाको पहिलो लहरपछि अर्थतन्त्रले लय पक्रन थालेको र तर दोस्रो लहरका कारण अर्थतन्त्रमा चुनौती थपेको उनको भनाइ छ। 

'आगामी दिनमा 'भी' आकारमा अर्थतन्त्र वृद्धि हुने अपेक्षा गरिएको भएपनि नयाँ वर्षसँगै फैलिएको कोभिडको दोस्रो लहरका कारण क्रमश चुनौती र जोखिम बढाइदिएको छ,' मन्त्री पौडेलले भने। 

उनले मुद्रास्फिति नियन्त्रणमा रहेको उल्लेख गरे। शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चिति सुविधाजनक र रहेको वित्तीय क्षेत्र सबल रहेको उनको भनाइ थियो।  

प्रकाशित: May 28, 2021| 09:04 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्