मंगलबार, भदौ ९, २०८३

दुई लाख डोज भेरोसेल दुई दिनमै आइपुग्ने

पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानस्वरुप उपलब्ध गराउने १० लाख डोज भेरोसेल खोपमध्ये २ लाख डोज दुई दिनभित्रै नेपाल आइपुग्ने जनाएका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं– पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले अनुदानस्वरुप उपलब्ध गराउने १० लाख डोज भेरोसेल खोपमध्ये २ लाख डोज दुई दिनभित्रै नेपाल आइपुग्ने जनाएका छन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ज्ञवालीले बाँकी आठ लाख डोज मे अन्तिम वा जुन १ तारिखसम्ममा आउने जानकारी दिए। 

दुई लाख डोज तिब्बतबाट आइतबार नेपाल भित्रनेछ। जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।

प्रकाशित: May 28, 2021| 08:56 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।