मंगलबार, भदौ ९, २०८३

ओली पक्षका नेता रावतले यसअघि नै धम्की दिइरहेका थिए

म मृत्यु घोषणा पूर्व गरिने प्रक्रिया इसीजी गरिरहेकी थिएँ। ६ जनाको समूह गडगड जुत्ता बजार्दै अनुमति विनै कोरोना वार्डमा छिर्‍यो। उनीहरु आएर मेरो घाँटी समात्न थाले। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

दाङकाे तुलसीपुर उपमहानरगपालिका–११ उरहरी निवासी ५४ वर्षीय डिल्लीबहादुर रावत कोरोना संक्रमण भएर १० दिनअघि भेरी अस्पतालमा भर्ना हुनुभएको थियो। अस्पताल आउँदा नै उहाँको स्वास्थ्य अवस्था जटिल थियो। त्यसैले सुरुमै आईसीयू वार्डमा राखिएको थियो। हामीले विभिन्न उपाय अपनाउँदै उपचार गरिरहेका थियौं।

कुरा बिहीबार बेलुकीको कुरा हो। हामी ७ बजे कोरोना वार्डमा छिर्‍यौं। बिरामी १३ नम्बर बेडमा हुनुहुन्थ्यो। पछिल्ला दुई/तीन दिनयता बिरामीको अवस्था झनै नाजुक बनेको थियो। बिहीबार बिहानैदेखि अक्सिजन लेबल एकदमै घटेको थियो। हामीले इमर्जेन्सी औषधि पनि चलाइरहेका थियौं। सो जानकारी हामीले उहाँका आफन्तलाई पनि गराइरहेका थियौं। जति प्रयास गर्दा पनि हामीले बचाउन सकेनौं। उहाँले राति आठ बजे प्राण त्याग्नुभयो।

म मृत्यु घोषणा पूर्व गरिने प्रक्रिया इसीजी गरिरहेकी थिएँ। ६ जनाको समूह गडगड जुत्ता बजार्दै अनुमति विनै कोरोना वार्डमा छिर्‍यो। उनीहरु आएर मेरो घाँटी समात्न थाले। 

बिरामीका आफन्त मानबहादुर रावतले हामीलाई केही दिनयता मेरो मान्छेको ज्यान तलमाथि भए तिमीहरूलाई ठिक गर्छु भन्दै आउनुभएको थियो। म मृत्यु घोषणापूर्व गरिने प्रक्रिया इसीजी गरिरहेकी थिएँ। ६ जनाको समूह गडगड जुत्ता बजार्दै अनुमति विनै कोरोना वार्डमा छिर्‍यो। उनीहरु आएर मेरो घाँटी समात्न थाले। 

अस्पतालमै काम गर्ने एक जना दाइका बिरामी पनि वार्डमा हुनुहुन्थ्यो। ती दाइले बिरामी कुरिरहनुभएको थियो। उहाँले मलाई बचाएर भगाउनुभयो। म भागेर वार्डमै रहेका अन्य सहकर्मी भएको ठाउँमा गएँ। आक्रमणकारीहरु त्यतै अगाडि बढे। हामी त्यहाँबाट भागेर एउटा खाली कोठामा लुक्न गयौं। 

मुख्यमन्त्रीको मान्छे हुँ भन्दै नर्समाथि जाइलाग्ने को हुन्?

उनीहरू त्यो कोठाको बाहिर आएर ढोकामा लात बजार्न थाले। हामीलाई ढोका फुटाउँछन् जस्तो लाग्यो। त्यही कोठामा एट्याच शौचालय थियो। हामी त्यहाँ लुक्यौं। नभन्दै उनीहरूले कोठाको मूलढोका फुटाए। त्यसपछि शौचालयको ढोकामा पनि लात बजार्न थाले। उनीहरूको उद्देश्य हाम्रो ज्यान मार्ने जस्तै देखियो। हामीले शौचालयको झ्याल खोल्यौं र पालैपालो हामफाल्न थाल्यौं। तल ढुंगा वा के छ हामीलाई थाहा थिएन।

हामफाल्दा माटोमा बजारिएकाले ठूलो चोट लाग्नबाट बच्यौं। दुई तलामाथिबाट हामफाल्दा कसैको टाउको त कसैको हातखुट्टामा चोट लागेको छ। हामी भागेर त्यहाँबाट अर्को भवनमा गयौं। त्यहाँ कोरोना भाइरस पोजेटिभ भएका स्टाफलाई राखिएको थियो। हामी उनीहरूलाई राखिएको ट्वाइलेटमा गएर लुक्यौं। आक्रमणकारी त्यहाँ पनि आउन सक्ने जोखिमलाई ध्यान दिँदै हामी शौचालयमा लुकेका थियौं।

हामी करिब एक घन्टासम्म शौचालयमै बस्यौं। त्यहाँ काम गर्ने दिदीको मोबाइलबाट अन्य स्टाफलाई फोन गर्‍यौं। धन्न भाग्यले यसरी बल्लतल्ल जोगियौं।

हामी करिब एक घन्टासम्म शौचालयमै बस्यौं। त्यहाँ काम गर्ने दिदीको मोबाइलबाट अन्य स्टाफलाई फोन गर्‍यौं। धन्न भाग्यले यसरी बल्लतल्ल जोगियौं। बिरामीका आफन्तले आक्रमण गर्न सक्ने जोखिम देखेर हामीले प्रहरीलाई १० मिनेट पहिले नै फोन गरेका थियौं। तर, उहाँहरू पनि समयमा आउनु भएन। 

आक्रमणमा पर्नेमध्येकी एक नर्स सदिच्छा गैरे

आक्रमण गर्ने व्यक्ति मुख्यमन्त्री शंकर पोखरेलका नजिकको मान्छे हुन् भन्ने सुनेकी छु। प्रहरीले आएर पनि उहाँलाई पक्राउ गर्न सकेन। अन्य तीन जनालाई समातेको छ भन्ने सुनेकी छु। हाम्रो काम सेवा गर्ने हो। हाम्रा लागि प्रधानमन्त्रीदेखि सामान्य बिरामी उत्तिकै हुन्। सबैको हामीले समान सेवा गर्नुपर्छ। तर, त्यो कुरालाई उहाँहरूको दम्भले बुझ्न सकेन।

आक्रमणकारीले शक्तिको भरमा उन्मुक्ति पाउने देखेर हामी सबै स्वास्थ्यकर्मी आन्दोलनमा छौं। आक्रमणकारीले उन्मुक्ति पाए हाम्रो मनोबल पक्कै खस्किनेछ। हामी यो महामारीमा आफ्नो ज्यानको बाजी राखेर उपचारमा खटिएका छौं। स्वास्थ्यकर्मीको सम्मान हुनुपर्नेमा झनै राजनीतिक आडमा आक्रमण  भइरहेको छ। हामीले कसरी काम गर्ने र? उहाँलाई महिला हिंसाको अभियोगमा पनि कडा कारबाही गरिनुपर्छ।

(भेरी अस्पतालकी नर्स सदिच्छा गैरेसँग कुराकानीमा आधारित)
 

प्रकाशित: May 28, 2021| 09:18 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।