मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीमाथि कुटपिटकाे घटनाप्रति स्वास्थ्य मन्त्रालयकाे ध्यानाकर्षण

स्वास्थ्यकर्मीमाथि कुटपिटकाे घटनाप्रति स्वास्थ्य मन्त्रालयकाे ध्यानाकर्षण

भेरी अस्पतालका चिकित्सकमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडाैं - भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना संकटको समयमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको काम गर्ने मनोबल उच्च राख्ने वातावरण बनाइदिन अनुरोध गर्दै कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेको हो।

‘नेपाल सरकारले तोकेको उपचार निर्देशिकाअनुसार उपचार गरिरहेको भेरी अस्पताल, नेपालगन्ज स्वास्थ्यकर्मी माथि गएराति भएको दुर्व्यवहारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’  विज्ञप्तिमा भनिएको छ, ‘यसरी कहीँ कतै कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि गर्ने उच्छृंखल तथा गैरकानुनी अमानवीय गतिविधिहरू शून्य सहनशीलता राखी कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, मुलुकी फौजदारी कार्यविधि ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन आदि अनुसार कडाभन्दा कडा कारबाहीको प्रबन्ध गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

No description available.

प्रकाशित: May 28, 2021| 08:17 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।