मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हप्ता–दश दिनभित्र खोपको विषयमा ब्रेकथ्रु हुन सक्छ : परराष्ट्रमन्त्री ज्ञवाली

हप्ता–दश दिनभित्र खोपको विषयमा ब्रेकथ्रु हुन सक्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अबको साता– दश दिनभित्र खोपको विषयमा ब्रेकथ्रु हुन सक्ने बताएका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अबको साता– दश दिनभित्र खोपको विषयमा ब्रेकथ्रु हुन सक्ने बताएका छन्। 

स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले विभिन्न देशसँग खोपका लागि पहल भइरहेकाले केही दिनमै सकारात्मक सन्देश आउने बताएका हुन्।  

‘नेपालले खोपका लागि पहल गरेका केही देशहरुले अबको दश दिनभित्र खोप दिने विषयमा घोषणा गर्न सक्नेछन्,’ मन्त्री ज्ञवालीले भने, ‘हामीले रुस, बेलायत, चीन र अमेरिकालाई औपचारिक पत्र पठाई खोप खरिदका लागि पहल गरेकाले ती देशले सकारात्मक सन्देश दिने विश्वास हाम्रो छ।’ विशेषगरी चीन र अमेरिका बढी सकारात्मक रहेको उनले जानकारी दिए। 
मन्त्री ज्ञवालीका अनुसार पहिलो डोज कोभिसिल्ड खोप लगाएका तर दोस्रो डोजका लािग पर्खाइमा रहेका १३ लाखभन्दा धेरैलाई कोभिसिल्ड नै दिन पहल भइरहेको छ।

मन्त्री ज्ञवालीले भने, ‘अहिले अमेरिकासँग ६ करोड डोज कोभिसिल्ड भएको जानकारी आएपछि हामीले त्यसको लागि पहल गरेका छौं। अमेरिकाले मोडेर्ना, फाइजर लगायत खोप लगाएकाले त्यहाँ एस्ट्राजेनेकाको खोप प्रयोग भएको छैन। त्यसैले हामीले त्यहाँको खोप उपलब्ध गराउन भनेको छौं। प्रकृया लामो भएकाले केही समय लाग्ने देखिएको छ। तर नेपाल प्राथमिकतामा राखेकाले हामी आशाबादी छौं।’

प्रकाशित: May 28, 2021| 08:12 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।