मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्रीको मान्छे हुँ भन्दै नर्समाथि जाइलाग्ने को हुन्?

मुख्यमन्त्रीको मान्छे हुँ भन्दै नर्समाथि जाइलाग्ने को हुन्?

उनी वडा कार्यालयमा कर्मचारीका रुपमा कार्यरत थिए। त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिलाई अभद्र व्यवहार गरेकाे आराेप लागेकाे थियाे।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं– नेपालगन्जस्थित भेरी अस्पतालमा बिहीबार राति मुख्यमन्त्री शंकर पोखरेलको मान्छे हुँ भन्दै नर्समाथि आक्रमण गर्ने समूहका मुख्य व्यक्ति हुन् दाङका मानबहादुर रावत। उनी दाङ निर्वाचन क्षेत्र नम्बर ३ का एमाले इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। 

पार्टीको नवौं महाधिवेशन चलिरहेका बेला उनी निर्वाचन क्षेत्रका संयोजक पनि बनाइएका थिए। अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनीमथि पार्टीकै एक जना महिला कार्यकर्ताले जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। ती महिलाका आफन्तले रावतलाई कुटपिट पनि गरेका थिए।

रावत प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र।

रावतमाथि जबर्जस्ती करणी आरोपमा लामो समय मुद्दा चलेको थियो। उनले अदालतबाट सफाइ पाइसकेका छन्। स्थानीय तहकाे चुनावपछि उनी केही समय वडा कार्यालयमा कर्मचारीका रुपमा कार्यरत थिए। एक जना कार्यपालिका सदस्यमाथि अभद्र व्यवहार गरेको आरोपपछि उनको जागिर गएको थियो। उनकै कार्यकर्ताले कारबाही माग गर्दै पार्टीमा उजुरी दिएका थिए।

रावतले केही समयअघि मात्र जागिर छोडेका हुन्। उनले केही समय उरहरी गाउँविकास समितिमा सचिव भएर पनि काम गरेका थिए। तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उनलाई आफ्नो स्वकीय सचिव पनि बनाएका थिए। रावतलाई हटाउन दबाब बढ्न थालेपछि पाण्डेले जिम्मेवारीबाट मुक्त गरेका थिए। त्यसपछि उनी पार्टीमै सक्रिय रहँदै आएका छन्। रावत प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र। 

यो नछुटाउनुहाेला- ‘घाँटी थिचेपछि नर्सहरू भागेर शाैचालयमा लुके, ढोका फोडेरै आक्रमण गरेपछि हाम फालेर जोगिए’

भेरी अस्पतालमा दाङका ५४ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बेलुकी निधन भएपछि रावतको समूह आक्रमणमा उत्रिएको अस्पताल प्रमुख डा. प्रकाश थापाले बताए।

प्रत्यक्षदर्शीका अनुसार रावतको समूहले निरन्तर शौचालयको ढोकामा लात बजारिरह्यो। शौचालयको ढोका पनि फुट्यो। उनीहरू त्यहीं भित्र पसेर आक्रमण गर्न थाले। ज्यान जोगाउन चारै जना नर्सले शौचालयकै झ्यालबाट हामफाले। दुई तलामाथिबाट हाम फालेका उनीहरूलाई चोट लागेको छ।

'त्यसपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै रावतकाे समूहले अस्पतालमा तोडफोड गरी चिकित्सक तथा नर्समाथि आक्रमण गर्न थाल्यो',  थापाले भने। उनले 'म शंकर पोखरेलको मान्छे हुँ' भन्दै अस्पतालका उपकरणका साथै झ्यालढोका फोडेकाे डा. थापा बताउँछन्।

उनीहरुको आक्रमण शैली त्यत्तिमै रोकिएन। स्वास्थ्यकर्मीमाथि नै जाइलाग्न थाले। अस्पतालको दोस्रो तल्लामा रहेको कोरोना वार्डमा पसेर रावतको टोलीले सेवा खटिएका नर्सहरूको घाँटी निमोठ्न खाजेको थियो। उनीहरूको पञ्जाबाट उम्किएका नर्सहरू शौचालयमा छिरे।

आक्रमणकाे विराेधमा उत्रिएका भेरी अस्पतालका स्वास्थ्यकर्मी।

प्रत्यक्षदर्शीका अनुसार रावतको समूहले निरन्तर शौचालयको ढोकामा लात बजारिरह्यो। शौचालयको ढोका पनि फुट्यो। उनीहरू त्यहीं भित्र पसेर आक्रमण गर्न थाले। ज्यान जोगाउन चारै जना नर्सले शौचालयकाे झ्यालबाट हामफाले। दुई तलामाथिबाट हाम फालेका उनीहरूलाई चोट लागेको छ।

त्यसपछि आक्रमणकारी रावत समूह पनि तल झरेकाे थियो। भेरी चिकित्सक संघका अध्यक्ष डा. विनोद कर्णका अनुसार तल झरिसकेपछि उनीहरूले करिब १ घन्टासम्म आफू मुख्यमन्त्री पोखरेलको मान्छे भएको भन्दै स्वास्थ्यकर्मीलाई धक्क्याइरहेका थिए।  

प्रकाशित: May 28, 2021| 08:11 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।