काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखसमेत रहेका डा. पौडेलले मन्त्रालयको प्रवक्ता जिम्मेवारी पाएका हुन्।
मन्त्रालयको प्रवक्ताको जिम्मेवारीसँगै उनले इडिसिडिको जिम्मेवारीसमेत सम्हाल्नेछन्। डा. पौडेलले भने, ‘मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएको छु, भर्खर चिठी प्राप्त भएको छ। ईडिसिडिको पनि जिम्मेवारी छ सँगै लैजान्छु।’
यसअघि प्रवक्तामा प्रा.डा.जागेश्वर गौतम थिए। उनलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुखको जिम्मेवारी दिइएपछि प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता डा.समिर अधिकारीले सम्हालेका थिए।
