मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सक र नर्स आक्रमण गर्नेलाई कारवाही गर्छौं : मुख्यमन्त्री पोखरेल

चिकित्सक र नर्स आक्रमण गर्नेलाई कारवाही गर्छौं : मुख्यमन्त्री पोखरेल

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको सर्वत्र निन्दा भइरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले घटनाको छानबिन गरी कारबाही गर्ने बताएका छन्। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

बुुटवल– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको सर्वत्र निन्दा भइरहेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले घटनाको छानबिन गरी कारबाही गर्ने बताएका छन्। 

मुख्यमन्त्री पोखरेलले ट्विट गर्दै स्वास्थ्यकर्मीमाथि भएको घटना दुखद् भएको भन्दै छानबि गरी दोषीमाथी कारवाही हुने बताएका हुन्। ‘बाँकेको भेरी अस्पतालमा घटेको दुखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनेछ,’ मुख्यमन्त्री पोखरेलले ट्विटरमा लेखेका छन्। 

यसैबीच, नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरुमाथि भएको आक्रमणको निन्दा गरेका छन्। विज्ञप्ति जारी गरी प्रमुख राजनीतिक दलका नेताबाट भएको घटनाको छानबिनको माग गरेका छन्। 

‘यो विषम परिस्थितिमा कोभिड–१९ को महामारी विरुद्धको लडाइँमा जोखिम मोलेर सधैं अग्रमोर्चामा रही अहोरात्र नागरिकको सेवामा खट्नुहुने स्वास्थ्यकर्मीहरुको मनोबल झनै उच्च राख्नुपर्नेमा जिम्मेवार प्रमुख राजनीतिक दलको व्यक्तित्वबाट नै स्वास्थ्यकर्मीहरुमाथि भएका यस घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाहीको गर्न माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । 

गएराति ८ बजे कोरोना संक्रमित बिरामीको मृत्युपछि आफन्तले चिकित्सक र नर्समाथि आक्रमण गर्दै अस्पताल तोडफोड गरेका थिए। 
आक्रमणमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 28, 2021| 07:02 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।