मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेरीका चिकित्सक भन्छन्- माग पूरा नभए सामूहिक राजीनामा दिन्छौं

भेरीका चिकित्सक भन्छन्- माग पूरा नभए सामूहिक राजीनामा दिन्छौं

भेरी अस्पतालमा भएको घटनाप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघ भेरीले माग पूरा नभए सामूहिक राजीनामा दिने जनाएको छ। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं - भेरी अस्पतालमा भएको घटनाप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघ भेरीले माग पूरा नभए सामूहिक राजीनामा दिने जनाएको छ। 

बिहीबार बेलुका कोरोना संक्रमित दाङका ५४ वर्षीय व्यक्तिको उपचारका क्रममा निधन भएको थियो। 

उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरूमाथि सांघातिक आक्रमण गरेका थिए। सो घटनाको विरोध गर्दै चिकित्सक संघले दोषीलाई कानुनी कारबाही हुनुपर्ने र आफूहरूको ज्यानको भरपर्दो  सुरुक्षा ग्यारेन्टी नभए सामूहिक राजीनामा दिने जनाएको छ।

चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णका अनुसार बिरामीको मृत्यु भएपछि केही मानिसहरू ‘हामी शंकर पोखरेलकाे मान्छे हौं’ भन्दै अस्पताल प्रवेश गरी कुटपिट गर्न थालेका थिए।

कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित चार जनाले दुई तला माथिबाट हामफालेर ज्यान बचाएका थिए। उनका अनुसार घटनाको एक घण्टासम्म पनि प्रहरीले समेत दोषी समात्न आनाकानी गरेकाे थियाे। 

डा. कर्णले भने, ‘अहिले हामी सबै आन्दोलित छौं, मृतकका भाइ मन रावतले फेसबुकमा लेख्दै धम्की दिएका छन्। दोषीलाई कानुनी कारबाही भएन र स्वास्थ्यकर्मी ज्यानको भरपर्दो  सुरक्षा ग्यारेन्टी हुनुपर्ने माग राखेर भेरीका चिकित्सक तथा स्वास्थ्यकर्मी सबै आन्दोलनमा छौं।’

प्रकाशित: May 28, 2021| 06:55 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।