मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नभएसम्म आन्दोलन गर्ने स्वास्थ्यकर्मीकाे चेतावनी

सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नभएसम्म आन्दोलन गर्ने स्वास्थ्यकर्मीकाे चेतावनी

भेरी अस्पताल प्रकरणका दोषीलाई यथाशीघ्र कारबाही र अस्पतालमा सुरक्षाको व्यवस्था नभएसम्म जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आन्दोलन गर्ने स्वास्थ्यका विभिन्न संघसंस्थाहरूले जनाएका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडाैं - भेरी अस्पताल प्रकरणका दोषीलाई यथाशीघ्र कारबाही र अस्पतालमा सुरक्षाको व्यवस्था नभएसम्म जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा आन्दोलन गर्ने स्वास्थ्यका विभिन्न संघसंस्थाहरूले जनाएका छन्।

स्वास्थ्यका १५ वटा संघसंस्थाले सुरक्षाको प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीबार बेलुका कोरोना संक्रमित दाङका ५४ वर्षीय  व्यक्तिको उपचारका क्रममा निधन भएको थियो। उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरूमाथि सांघातिक आक्रमण गरेका थिए। 

कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित चार जनाले दुई तला माथिबाट हाम फालेर ज्यान बचाएका थिए। 

दोषीलाई कानुनी कारबाही हुनुपर्ने र आफूहरूको ज्यानको भरपर्दो  सुरक्षा ग्यारेन्टी हुनुपर्ने माग राखेर भेरीका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्।

नेपाल नेपाल चिकित्सक संघ बाँके, नेपाल स्वास्थ्यकर्मी संघ बाँके, नर्सिङ संघ बाँकेलगायत १५ संघसंस्थाले आन्दोलनको घोषणा गरेका छन्।

प्रकाशित: May 28, 2021| 06:45 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।