मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भेरी अस्पताल प्रकरणका दोषीलाई हदैसम्मको कारबाही हुन्छ : प्रहरी

भेरी अस्पताल प्रकरणका दोषीलाई हदैसम्मको कारबाही हुन्छ : प्रहरी

 बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बाँके प्रहरी प्रवक्ता (डिएसपी) सुवास खड्काले बिहीबार राति नै तीन जनालाई पक्राउ गरिएको बताए।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं - बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बाँके प्रहरी प्रवक्ता (डिएसपी) सुवास खड्काले बिहीबार राति नै तीन जनालाई पक्राउ गरिएको बताए।

घटनामा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको उनले बताए। उनीहरूमध्ये मानबहादुर मृतकका भाइ हुन् भने बाँकी २ जना मृतकका छोरा हुन्।

अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि आफन्तहरूले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन्। गएराति आईसीयूमा उपचारत बिरामीको मृत्यु भएपछि बिरामी कुरुवा आफन्तले उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूलार्ई आक्रमण गरेका हुन्। 

दोस्रो तल्लाको ब्लक ए को आईसीयू कक्षमा बिरामीको मृत्युलगत्तै बिरामीका आफन्त आक्रोशित हुँदै त्यहाँ उपचार गराइरहेका चिकित्सक र नर्सलाई आक्रमण गरेर लेखट्न थालेको अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले बताए। 

आफन्तमाथि आक्रमण भएपछि अहिले स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन्।

प्रकाशित: May 28, 2021| 06:11 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।