मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने रावतलाई कारबाही गर्नुपर्छ : एमाले लुम्बिनी अध्यक्ष 

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने रावतलाई कारबाही गर्नुपर्छ : एमाले लुम्बिनी अध्यक्ष 

नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लीला गिरीले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लोकराज रावतलाई कारबाही गर्न माग गरेका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं  - नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लीला गिरीले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने लोकराज रावतलाई कारबाही गर्न माग गरेका छन्।

नेपाल समयसँग कुरा गर्दै उनले रावतलाई एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भनेर अफवाह फैलाइएको बताउँदै कानुनी दायरामा ल्याउन आग्रह गरे। 'उहाँ मेरो नेतृत्वको प्रदेश कमिटीमा हुनुहुन्न। दोषिलाई कारबाही हुनुपर्छ', उनले भने।

उनी अपराधी कुनै दलको नहुने भएकाले कानुनी कारबाही गर्न आग्रह गर्छन्। एमालेसँग नाम ओडेर अफवाह फैलाएको भन्दै उनले आपत्ति जनाए।

'हामी सरकारमा रहेको दलका मानिस हौं। अपराधीलाई कारबाही गर्न हाम्रो पूर्ण सहयोग हुन्छ। राजनीतिक पहुँच भएकोले प्रहरीले उनलाई छाड्न सक्ने भन्दै विभिन्न कुरा आइरहेका छन्। त्यस्तो हुँदैन', उनले भने।

प्रकाशित: May 28, 2021| 05:26 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।