मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीमाथि भएको कुटपिटप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

स्वास्थ्यकर्मीमाथि भएको कुटपिटप्रति माओवादी केन्द्रको ध्यानाकर्षण

नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटप्रति माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं - नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटप्रति माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ। 

‘नेपालगन्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ,’ अध्यक्ष पुष्पकमल दाहालले फेसबुकमा लेखेका छन्। उनले सांघातिक हमला गर्नेमाथि कारबाही हुनुपर्ने माग समेत गरेका छन्।

उनले लेखेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरी अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भनी माग पनि गर्दछ।’

सम्बन्धित समाचार

‘घाँटी थिचेपछि नर्सहरू भागेर शाैचालयमा लुके, ढोका फोडेरै आक्रमण गरेपछि हाम फालेर जोगिए’

 

प्रकाशित: May 28, 2021| 04:32 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।