विराटनगर- कोरोना संक्रमणका कारण ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान) का अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ।
सप्तकोसी एफएम सुनसरी ईटहरीका स्टेसन म्यानेजरसमेत रहेका ५० वर्षीय न्यौपानेको उपचारका क्रममा विराट शिक्षण अस्पताल वुढीगंगा मोरङमा शुक्रबार बिहान ८:२५ मा निधन भएको अस्पतालका कोभीड इन्चार्ज सुनिल देवले जानकारी दिए।
कोरोना संक्रमण भएको केही दिन होम आइसोलेसनमा रहेका फोक्सोमा समस्या भएपछि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो। पछिल्लो ५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि सुधार नभएको अस्पतालले जनाएको छ।
