मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काेराेनाविरुद्धकाे खोप किन्न तनहुँका दुई स्थानीय तहले मागे अनुमति

काेराेनाविरुद्धकाे खोप किन्न तनहुँका दुई स्थानीय तहले मागे अनुमति

सरकारले अनुमति दिए तनहुँका दुई स्थानीय तहले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

तनहुँ - सरकारले अनुमति दिए तनहुँका दुई स्थानीय तहले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन्।

म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेको हो।

सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैंले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो। गाउँपालिका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले मन्त्रालयलाई पत्र लेख्दै कोभिड भ्याक्सिन बाहिरबाट खरिद गर्नका लागि अनुमति दिन आग्रह गरेका हुन्। 

गाउँपालिकाले आफ्नै आन्तरिक स्रोत तथा विकास बजेट कटौती गरेर भए पनि भ्याक्सिन खरिदमा लगानी गर्ने अध्यक्ष रानाले बताइन्। ‘स्थानीय नागरिकबाट उक्त भ्याक्सिनको अत्यधिक माग तथा अनुरोध भई आएकाले सरकारले यथाशीघ्र भ्याक्सिन उपलब्ध गराइदिओस्, नत्र भने नागरिकको जीवनरक्षाका लागि हामी आफैं खरिद गर्छौँ, त्यसका लागि अनुमति दिओस्’, रानाले भनिन्। 

गाउँपालिकाले सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिन चाहेको र त्यसका लागि सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार खोप खरिद गर्न मन्त्रालयसँग अनुमति माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। ‘सरकारले अनुमति दिए विकास बजेट कटौती गरेर भए पनि खोप खरिद गर्छौँ’, अधिकारीले भने।

सरकारसँग खोप किन्ने स्रोतको कमी भएको सुन्नमा आएकाले गाउँपालिकाले नागरिकको जीवनरक्षाका लागि विकास बजेट कटौती गरेर खोप किन्न चाहेको उपाध्यक्ष घिमिरेले बताए।उनका अनुसार खोप खरिदका लागि हालसम्म कुनै कम्पनी वा व्यक्तिसँग सम्पर्क नभए पनि अन्य स्थानीय तहसँग मिलेर खरिद गर्न सकिने छ। 

सदरमुकामस्थित व्यास नगरपालिकाले पनि सरकारले अनुमति दिए आफैंले खोप खरिद गर्ने बताएको छ। नगरवासीलाई आवश्यक पर्ने खोप सरकारकै तर्फबाट उपलब्ध गराउन माग गर्ने र उपलब्ध हुन नसकेको खण्डमा नगरपालिकाले नै खरिद गरी लगाउने व्यवस्था मिलाउन सरकारसँग अनुमति माग गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। रासस

प्रकाशित: May 28, 2021| 02:57 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।