काठमाडौं- शिवम् सिमेन्टले विश्वकप फुटवल प्रतियोगिताको भविष्यवाणी गराउने भएको छ । फिफा विश्वकप २०१८ को भविष्यवाणी मिलाउनेलाई आकर्षक पुरस्कार दिने पनि शिवम्ले घोषणा गरेको छ ।
हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्न सक्ने जनाएको छ ।
यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रेडिक्ट एण्ड विन पोष्ट को लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ ।
हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।
२०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको प्रेडिक्ट एण्ड विन खेललाई यसपटक पनि निरन्तरता दिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४