मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशमा कडाइ, बिहानै सडकमा देखियो प्रहरीको सक्रियता

निषेध आदेशमा कडाइ, बिहानै सडकमा देखियो प्रहरीको सक्रियता

काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेध आदेश थप कडा पारिएको छ। बिहानैदेखि सडकमा सवारी साधन जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं - काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि निषेध आदेश थप कडा पारिएको छ। बिहानैदेखि सडकमा सवारी साधन जाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजदेखि बिहान मोर्निङ वाकमा निस्किनेदेखि सवारी जाँचमा कडा निगरानी गर्न निर्देशन दिएको बताए। उनले पत्रकारहरूका लागि पनि प्रशासनको पत्र अनवार्य गरिएको बताए।

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै एक साथा निषेध आदेशमा कडाइ गरिने उनले बताए। यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ। तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ। 

यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ। 

आजदेखि २० गतेसम्म एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर बन्ने र नमान्नेलाई जेल सजायसम्म हुने सीडीओ पराजुलीले बताए।

कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइएको हो। 

प्रकाशित: May 28, 2021| 01:44 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।