मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धम्कीको उजुरी लिएर आएकालाई जोगाउन खोज्दा प्रहरीमाथि नै आक्रमण

धम्कीको उजुरी लिएर आएकालाई जोगाउन खोज्दा प्रहरीमाथि नै आक्रमण

हतियारधारी समूहको आक्रमणमा परि अस्थायी प्रहरी चौकी धरानका प्रमुख सुमन घाइते भएका छन्। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

विराटनगर– हतियारधारी समूहको आक्रमणमा परि अस्थायी प्रहरी चौकी धरानका प्रमुख सुमन घाइते भएका छन्। 

धरान १५ मा रहेको प्रहरी चौकीमा आफूहरूमाथी धम्की आएको भन्दै बिहीबार साँझ दुई जना युवा उजुरी गर्न पुगेका थिए। उनीहरूसँग घटनाबारे जानकारी लिनेक्रममा हतियारधारी समूह पनि प्रहरी चौकी पुगेको थियो। 

हतियार धारी समूहले प्रहरी चौकी पुगेका यूवाहरूलाई आक्रमण गर्न खोज्दा रोक्ने क्रममा अस्थायी प्रहरी चौकीका प्रमुख सुमन दाहालमाथि आक्रमण भएको धरानका प्रहरी निरीक्षक भीमराज राईले बताए। उनले भने, ‘आक्रमण रोक्न खोज्दा असई घाइते हुनुभयो।’ दाहालमाथि आक्रमण गरि हतियार धारी समूहले प्रहरी चौकीको झ्यालको सिसा तोडफोड गरेर फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। 

असई दाहालसँगै रहेका प्रहरी हवलदार विजय यादव र प्रहरी जवान अरुण राजवंशी सामान्य घाइते भएको प्रहरी निरीक्षक राईले जानकारी दिए। असई दाहालको देब्रे हातमागम्भीर चोट लागेकोले उनको बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

चार जनामात्रै प्रहरी रहेको चौकीबाट तोडफोड गर्दै आक्रमणकारी सजिलै फरार भएका थिए। आफूहरूलाई धम्की दिएको भन्दै प्रहरी चौकी पुगेका दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। 

स्थानीयका अनुसार आक्रमणकारी समूह स्कुटर र मोटरसाइकलमा आएको थियो।

प्रकाशित: May 28, 2021| 01:28 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।