मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक सातालाई खाद्यान्न जोहो गर्नुभो त? समस्या परे यी नम्बरमा सम्पर्क गर्नुस्

एक सातालाई खाद्यान्न जोहो गर्नुभो त? समस्या परे यी नम्बरमा सम्पर्क गर्नुस्

शुक्रबारदेखि निषेध आदेश कडा बनाउने सूचना उपत्यकाका सीडीओहरुले जारी गरेका छन्। यसअनुसार खाद्यान्न तथा तरकारी पसल पनि अब खोल्न पाइनेछैन। 
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- कोरोना भाइरसको फैलावट रोक्न भनेर गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश २० गतेसम्मलाई लम्बिएको छ। र, महत्वपूर्ण कुरा भोलि शुक्रबारदेखि निषेध आदेश कडा बनाउने सूचना उपत्यकाका सीडीओहरुले जारी गरेका छन्। यसअनुसार खाद्यान्न तथा तरकारी पसल पनि अब खोल्न पाइनेछैन। 

अबको एक हप्ता काठमाडौं पूर्णतयाः ठप्प हुनेछ। दुई दिनअघि प्रशासनले सूचना जारी गरेर एक हप्तालाई आवश्यक खाद्यान्न, तरकारी आदि व्वस्थापन गर्न भनेका थिए। नभन्दै बुधबार र बिहीबार डिपार्टमेन्ट स्टोर, ठूला खाद्यान्न पसल तथा तरकारी बजारहरुमा उपभोक्ताको भीड लाग्यो। 

सरकारले खाद्यान्न र तरकारीको जोहो गर्न दुई दिन समय दिँदा बजारमा भीड बढेको भन्दै आलोचनासमेत भएको छ। त्यसरी खानेकुरा जोहो गर्न व्यवहारिक नहुने गुनासो पनि कतिपयको छ। यसैलाई मध्यनजर गरेर जिल्ला प्रशासन काठमाडौंले एक साताको अवधिमा खाद्यान्न किन्न्परेमा सम्पर्क गर्न भन्दै केही फोन नम्बर सार्वजनिक गरेको छ।

यसबीचमा खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको तर्फबाट गाडीमार्फत तत्काल बिक्रीको निम्ति उपलब्ध गराउने प्रशासनले जनाएको छ। यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दको नम्बर ९८५१३२०३१४, सोही कार्यालयका विभागीय प्रमुख भीमबहादुर थापाको नम्बर ९८५११३६७८५ र प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापाको नम्बर ९८५११२७८८ मा सम्पर्क गर्न सकिनेछ।

यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको ९८५१०२२५६४, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारीको ९८५१०३३३०३, विभागीय प्रमुख सबल रिजालको ९८५१११३६६० र अधिकृत प्रज्वल प्रधानको ९८४१३३२९९०, ९८१३२७२५६३ नम्बरमा सम्पर्क गरेर आफूलाई अत्यावश्यक परेको खाद्यान्नको जोहो गर्न सकिने प्रशासनले जनाएको छ।

प्रकाशित: May 27, 2021| 16:50 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।