विराटनगर– धरान–१५ स्थित अस्थायी प्रहरी चौकीका प्रमुख असई सुमन दाहालमाथि हतियारधारी समूहले आक्रमण गरेको छ।
बिहीबार साँझ खुकुरी, तरबारसहित पुगेको हतियारधारी समूहले आक्रमण गरेको हो।
आक्रमणमा घाइते भएका असई दाहालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उनको देब्रे हातमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताए। आक्रमण कसले र किन गर्यो भन्नेबारेमा अनुसन्धान भइरहेको बताइएको छ।
