मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री र राष्ट्रपतिले संविधान जलाउन खोजे : कानुनविद्

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान जलाउन खोजे : कानुनविद्

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जलाउन खोजेको आरोप कानुनविद्हरुले लगाएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जलाउन खोजेको आरोप कानुनविद्हरुले लगाएका छन्।

स्कुल अफ डेमोक्रेसी नेपालद्वारा आयोजित माहामारी र प्रतिगमनविरुद्ध अन्तक्र्रियात्मक जागरण अभियानअन्तर्गत बिहीबार भएको भर्चुअल बैठकमा बोल्दै कानुनविद्हरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट जघन्य अपराध भएको टिप्पणी गरेका हुन्। 

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जुन प्रकारको घात गर्नुभयो, यो राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध हो, सरकारले गरेको संसद् विघटन असंवैधानिक तरिकाले गरियो, जुन संविधानमाथिको बलात्कार हो।’, बैठकमा सहभागी कानुनविद्हरुले भने, ‘प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई छैन्। सभामुखले राष्ट्रपतिलाई संसद अधिवेशन डाक्न सिफारिस गर्नुपर्छ।’ 

कार्यक्रमको सहजीकरण स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ राना भाट, नेपाल बार एसोसियनका पूर्व अध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरु मुक्तिनारायण श्रेष्ठ, मिथिलेश कुमार सिंह, अधिवक्ताहरु गोविन्द बन्दी, सुनिलकुमार पोखरेल, लक्ष्मी दहाल रावललगायतले बोलेका थिए।

प्रकाशित: May 27, 2021| 14:41 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।