मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप घट्यो

सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप घट्यो

सुदूरपश्चिम प्रदेशका अस्पतालमा पाँच दिनयता उपचारका लागि आउने कोरोना संक्रमित ह्वात्तै घटेका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशका अस्पतालमा पाँच दिनयता उपचारका लागि आउने कोरोना संक्रमित ह्वात्तै घटेका छन्।

जेठ पहिलो सातासम्म कोरोना संक्रमितले खचाखच भरिएको अस्पतालमा अहिले उपचारका लागि आउने कोरोनाका बिरामी घटेका छन्।

जेठ ८ गतेसम्म धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १०३ जना कोरोना संक्रमितको उपचार भइरहेको थियो। सो दिन महाकाली अस्पतालमा ८२ जनाको उपचार भइरहेको थियो। 

जेठ १३ गते भने सेती प्रादेशिक अस्पतालमा ४४ जना र महाकाली अस्पतालमा ५० जनाको उपचार भइरहेको छ। 
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समय प्रदेशमा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ। 

पछिल्लो २४ घण्टामा प्रदेशमा ५६९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। 

स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार प्रदेशका बिभिन्न सरकारी अस्पतालमा २०४ जनाको उपचार भइरहेको छ। 
निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ४४ जना, महाकाली अस्पतालमा ५० जना, टिकापुर अस्पतालमा २८ जना, डडेल्धुरा अस्पतालमा ३० जना, जिल्ला अस्पताल दार्चुलामा ९ जना, जिल्ला अस्पताल बैततडीमा ४ जना, जिल्ला अस्पताल बझाङमा ५ जना, जिल्ला अस्पताल अछाममा ३ जना, जिल्ला अस्पताल डोटीमा १५ जना, जिल्ला अस्पताल बाजुरामा ३ जना, बयलपाटा अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। 
गोकुलेश्वर अस्पतालमा अहिले कोही पनि कोरोना संक्रमितको उपचार भइरहेको छैन। 

२८ प्रतिशत बढीको भेन्टिलेटर र आईसीयूमा उपचार

प्रदेशका विभिन्न सरकारी अस्पतालमा २८.४३ प्रतिशतको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ। प्रदेशका विभिन्न सरकारी अस्पतालमा ५८ जना कोरोना संक्रमितको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ। निर्देशनालयका अनुसार प्रदेशमा ४६ जनाको भेन्टिलेटर र १२ जनाको आईसीयूमा उपचार भइरहेको छ। 

सबैभन्दा बढी डडेल्धुरा अस्पतालमा भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ। अस्पतालमा १८ जना आईसीयू र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

सेती प्रादेशिक अस्पतालमा ३ जना भेन्टिलेटर र १५ जनाको आईसीयूमा, महाकाली अस्पतालमा ६ जनाको आईसीयूमा, टिकापुर अस्पतालमा एक जना भेन्टिलेटर र ४ जनाको आईसीयूमा, जिल्ला अस्पताल दार्चुलामा २ जनाको भेन्टिलेटरमा, जिल्ला अस्पताल बैतडीमा २ जनाको आईसीयूमा, जिल्ला अस्पताल बझाङमा एक जनाको आईसीयूमा उपचार भइरहेको छ।

प्रकाशित: May 27, 2021| 14:01 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।