मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- आदर्श मिश्राका बुबाको मृत्युको मुद्दा राज्यले सुन्ने कि?

प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- आदर्श मिश्राका बुबाको मृत्युको मुद्दा राज्यले सुन्ने कि?

लोकतन्त्र अक्षर मात्र नभएर न्यायको अनुभुति भएको उल्लेख गर्दै प्रवक्ता शर्माले मिश्राका आँशु शून्यतामा विलीन भएको उल्लेख गरेका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमेडियन आदर्श मिश्राका बुबाको मृत्युको मुद्दा राज्यले सुन्ने कि? भन्दै प्रश्न गरेका छन्। बिहीबार ट्विट गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीसमक्ष यस्तो प्रश्न उठाएका हुन्। 

लोकतन्त्र अक्षर मात्र नभएर न्यायको अनुभुति भएको उल्लेख गर्दै प्रवक्ता शर्माले मिश्राका आँशु शून्यतामा विलीन भएको उल्लेख गरेका छन्।

'अब आँशु खसाउनु पर्दैन' भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीकै कविताको सहारा लिँदै प्रवक्ता शर्माले ओलीलाई प्रश्न गरेका छन्, 'आँशु खसाउनु पर्दैन´ कविता सुन्दै रगतको आँशु बगाइरहनुपर्छ भने न्यायको अर्थ कहाँ भेटिन्छ?'

उनले राज्यले सुनुवाई गर्नपर्ने मुद्दाहरू `शून्य´ भएको हो भन्दै ओलीलाई प्रश्न तेर्स्याएका छन्। 

समयमै मिर्गौलाको डायलसिस गराउन नपाउँदा आदर्शका बुबा विनोद मिश्राको निधन भएको थियो। मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा उनको निधन भएको थियो। 

यो पनि पढ्नुहोस्:
डायलसिसको चक्करमा ज्यान गुमाए आदर्शका बुबाले

एनएमसी र नारायणी अस्पतालले यसरी खाइदिए मेरो बाबाको जीवन...

'अनि लाग्यो, यो देश मेरो होइन रहेछ'

 

 

प्रकाशित: May 27, 2021| 13:18 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।