मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान र संसद् रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन तयार छु : सभामुख

संविधान र संसद् रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन तयार छु : सभामुख

प्रतिनिधिसभा विघटनपछि सघन छलफल थालेका सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संसदको रक्षाका लागि आफू जस्तोसुकै जोखिम उठाउन तयार रहेको बताएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटनपछि सघन छलफल थालेका सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संसदको रक्षाका लागि आफू जस्तोसुकै जोखिम उठाउन तयार रहेको बताएका छन्।

कानुनविदहरुसँगको छलफलपछि उनले संवैधानिक रूपमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका हुन्। ‘बजेट अधिवेशन सञ्चालन गर्ने तयारी गरिरहेका बेला संसद् विघटन भएको छ। यो सर्वथा बेठिक काम भएको छ,’ उनले भने। 

संसदलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेका बेला एकाएक विघटनले धेरै कुरामा असर पारेको उनले बताए। ‘आज तपाईंहरुका पनि महत्वपूर्ण सुझाव पाउँदा म निकै उत्साहित भएको छु। अन्तरक्रिया र नागरिकस्तरका सुझावपछि हामी एउटा निष्कर्षमा पुग्नैपर्ने छ,’ उनले भने।

उनले लोकतन्त्रमा दलको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै उनीहरूसँगको छलफलपछि सभामुखको भूमिकामा उठाउन मिल्ने र उठाउन सकिने कदम चाल्ने बताए। संसद् विघटनले निकै ठूलो मर्माहत पारेको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री जन्माउने संसदमाथि अवमूल्यन भएको बताए।

‘संविधानको पालना र रक्षा गर्ने कामको शुरुवात राष्ट्रपतिबाट हुनुपर्छ। त्यसपछि प्रधानमन्त्री, सभामुख सबैको हो। हामी नै अनुशासित नहुँदा त्यसले उपलब्धि नै गुम्ने खतरा हुन्छ,’ उनले भने। राष्ट्रिय रुपमा पनि अब हामीले सोच्नुपर्ने बेला आएको भन्दै सभामुखले अब सबै दत्तचित्त भएर लाग्नुपर्ने बताए।

‘देश अहिले अध्यादेशमार्फत चलाउने दिशातिर गइरहेको छ। ती अध्यादेश बडो सोच्नुपर्ने खालका छन्,’ उनले भने, ‘अरुले के गरेर सोच्छन् त्यो उनीहरुको कुरा हो। मैले सोच्ने कुरा संविधान र प्रतिनिधिसभाको नियमावली अनुरुप नै चल्नुपर्छ भन्ने हो।’ जनताको सर्वोच्च संस्था भनेकै प्रतिनिधिसभा भएकाले यसको अवमूल्यन गर्ने कुरा किमार्थ स्वीकार्य नहुने उनले बताए।

प्रकाशित: May 27, 2021| 11:18 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।