काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आज (बिहीबार) आईसीयूमा १ हजार ६७२ कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ४५७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
गम्भीर बिरामीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन्। बागमतीमा ८०७ जना संक्रमित आईसीयूमा उपचाररत छन् उनीहरुमध्ये २८७ जनालाई भेन्टिलेटरको सहयोग दिइएको छ।
मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा २१० जना संक्रमित आईसीयूमा उपचाररत रहेकोमा ५३ जना भेन्टिलेटरमा छन् भने प्रदेश २ मा १८८ आईसीयूमा रहेकोमध्ये ४२ जना भेन्टिलेटरको सहयोगमा उपचाररत छन्।
गण्डकी प्रदेशमा १५६ जना आईसीयूमा उपचाररत रहेकोमा ३४ जना भेन्टिलेटरको सहयोगमा छन्। लुम्बिनी प्रदेशमा १८४ जना आईसीयूमा उपचाररतमध्ये २० जना भेन्टिलेटरमा छन्।
त्यस्तै कर्णालीमा ५५ जना आईसीयूमा उपचाररतमध्ये ७ जना भेन्टिलेटरको सहयोगमा उपचाररत छन् भने सुदूरपश्चिम प्रदेशमा ४५ जना आईसीयूमा रहेकामध्ये १४ जनालाई भेन्टिलेटरको सहयोगमा राख्नुपरेको मन्त्रालयको तथ्यांक छ।
