मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तको आग्रह– मतदातालाई प्रभाव पार्ने गरी बजेट नल्याऊ  

पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तको आग्रह– मतदातालाई प्रभाव पार्ने गरी बजेट नल्याऊ  

पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आगामी आर्थिक वर्षको बजेट मतदातालाई प्रभाव पार्ने गरी नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं– पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आगामी आर्थिक वर्षको बजेट मतदातालाई प्रभाव पार्ने गरी नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरुले बिहीबार संयुक्त धारणा सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन्। 

यसरी आग्रह गर्नेहरुमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङ छन्। ०७८ कात्तिक–मंसिरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको सरकार कामचलाउ रहेकाले बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रहनुपर्ने उनीहरुको भनाइ छ।

उनीहरूले भनेका छन्, ‘मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किमिसका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराउँदछौं।’ साथै यस विषयमा संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउने विश्वास पनि उनीहरुको छ। 

प्रकाशित: May 27, 2021| 11:09 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।