मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड प्रभावित पत्रकारका लागि प्रेस युनियनले बनायो राहत कोष

कोभिड प्रभावित पत्रकारका लागि प्रेस युनियनले बनायो राहत कोष

नेपाल प्रेस युनियनले कोभिड–१९ बाट प्रभावित पत्रकारहरूका लागि दश लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- नेपाल प्रेस युनियनले कोभिड–१९ बाट प्रभावित पत्रकारहरूका लागि दश लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ।

युनियनले आफ्नो ३१औं स्थापना दिवसको सन्दर्भमा विहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत् युनियनका अध्यक्ष बद्री सिग्देलले दश लाख रुपैयाँको राहत कोष स्थापना गर्ने घोषणा गरेका हुन्।

‘कोभिडबाट धेरै जना साथीहरू संक्रमित हुनुभएको छ, धेरै पत्रकार साथीहरू विस्थापित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ, म सरकारलाई पत्रकारहरूको स्वास्थ्य, सुरक्षा र उपचारका लागि विशेष कार्यक्रम ल्याउन माग गर्दछु,’ युनियनका अध्यक्ष सिग्देलले भने, ‘हामीले कांग्रेसका विभिन्न भातृसंघसंस्थाहरूको सहयोगमा दश लाख रुपैयाँको राहत कोष स्थापना गरेका छौं।’

कोषमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले एक लाख रुपैयाँ जम्मा गरेको अध्यक्ष सिग्देलले जानकारी दिए।

कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो।

प्रकाशित: May 27, 2021| 05:13 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।