काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् सत्तारूढ नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधानसम्मत गरिएको संसद् विघटन र चुनावविरुद्ध विद्रोहमा उत्रिनु आत्मघाती कदम हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार व्यक्त गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘राजनीतिकरूपमा त त्यो आत्मघाती कदम नै हो। नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो,’ उनले भनेका छन्।
प्रतिनिधिसभा पुनःस्थापित हुँदाको अवस्थामा नेकपा(एमाले) र जसपाले देउवाजीका पक्षमा उभिएका सांसदहरूलाई कारवाही गर्दा देउवाजीको पक्षमा वहुमत नपुग्ने अवस्था रहेको उनले प्रष्ट्याएका छन्।
