काठमाडौं - कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन भएको छ।
कोरोना संक्रमण भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत शर्माको बुधबार राति मृत्यु भएको हो। कोरोना रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।
शर्मा २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। जाजरकोटमा एमाले पार्टी स्थापना गर्नेमध्येका एक रहेका उनले लामो समय जिल्लाको नेतृत्व गरेका थिए।
