काठमाडौं- प्रतिनिधिसभा विघटन भएपछि परामर्शमा रहेका सभामुख अग्निप्रसाद सापकोटाले आज संविधानविद, कानुन एवम् न्यायिक क्षेत्रका विज्ञहरूसँग छलफल गर्दैछन्।
सभामुखका प्रेस सल्लाहाकार श्रीधर पौडेलका अनुसार सभामुखले दिउँसो १ बजे छलफल गर्न लागेका हुन्। संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग छलफल हुनेछ।
प्रतिनिधि सभा विघटनका विषयमा परामर्श गरेर राय सल्लाह सुझाव लिन लागिएको हो। यसअघि पूर्व सभामुख र दलका नेताहरुसँग पनि सभामुखले छलफल गरिसकेका छन्।
