मंगलबार, भदौ ९, २०८३

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएका रिटको सुनुवाइ आजदेखि सुरु हुने भएको छ। 
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएका रिटको सुनुवाइ आजदेखि सुरु हुने भएको छ। 

विपक्षी गठबन्धन र कानुन व्यवसायीहरुले विभिन्न मागहरु राखेर सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

बहुमत सांसदहरुको समर्थन हुँदा हुँदै पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्ती गर्नुपर्ने, प्रतिनिधिसभा पुनःस्थापना लगायतका माहगरू रिटमा दायर गरिएको छ। 

सर्वोच्च अदालत प्रशासनले आजदेखि १९ वटा साधारण रिटको सुनुवाइ हुनेछ। शुक्रबारदेखि बाँकी ११ वटा रिटको सुनुवाइ हुनेछ। ती रिट संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेर दायर गरिएकाले ती संवैधानिक इजलासमा सुनुवाइ हुनेछन्। 

बुधबार र शुक्रबार मात्रै सर्वोच्चमा संवैधानिक इजलास बस्ने गर्छ। 

सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पुनः निरन्तरता दिनुपर्ने भन्दै ४ वटा रिट परेका छन्। 

मन्त्रिपरिषद्को सिफारिसमा गत शुक्रबार मध्यरात राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गर्दै आगामी कार्तिक २६ र मंसिर ३ मा दुई चरणमा गरि मध्यावधी निर्वाचन घोषणा गरेकी थिइन्। विपक्षी दलहरूले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी रुपमा नै लडाइ लड्ने निष्कर्ष निकालिसकेका छन्।

प्रकाशित: May 27, 2021| 02:18 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।