मंगलबार, भदौ ९, २०८३

लकडाउनमा घरमै बसेर काम गर्नेलाई विज्ञानका कोसेली

नेपाल एस्ट्रोनोमिकल सोसाइट(नासो)ले घरमा बसेर टेलिस्कोप प्रपोजल र सुपर जायन्टसँग सम्बन्धि नेपाली कलाकारका लागि सहयोगी भूमिका खेल्ने भएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - नेपाल एस्ट्रोनोमिकल सोसाइट(नासो)ले घरमा बसेर टेलिस्कोप प्रपोजल र सुपर जायन्टसँग सम्बन्धि नेपाली कलाकारका लागि सहयोगी भूमिका खेल्ने भएको छ।

ईन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (आईएयू)ले आयोजना गरेको टेलिस्कोपको लागि प्रस्ताव आह्वान र सुपर जायन्टबारे प्रस्तुतिका लागि नेपाली कलाकारबीच नासोले नेपाली मध्यस्थताको भूमिका खेल्नेछ।

आईएयू्को टेलिस्कोप फर अल शीर्षकमा प्रपोजल बनाउनु पर्नेछ। प्रपोजल अधिकतम ३०० शब्दमा हुनुपर्नेछ। उत्कृष्ट प्रपोजलको आधारमा १२ वटा टेलिस्कोप विश्वभरका भिन्न ठाउँमा बाँडिने छ।

सहभागी बन्न चहानेले आफूले तयार पारेको प्रस्ताव suresh@nepalastronomicalsociety.org मा पठाउनु पर्नेछ।

आईएयूलाई पठाउने प्रपोजलमा आफूले टेलिस्कोप पाउनु पर्ने दाबी स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने छ। र, टेलिस्कोपले पार्ने प्रभावका बारे लेख्नुपर्ने छ। र, छानिएका प्रपोजलहरू सम्बन्धित देशको संस्थाबाट एआईयू मा पर्‍याइनेछ। यसका लागि नेपालनमा नासोले प्रपोजल छानेर एआईयूमा पठाउनेछ।
प्रपोजलका लागि मे २०२१ को अन्तिम दिन ३१ तारिकसम्म तोकिएको छ।

त्यस्तै, आईएयूले जुन ९ तारिकसम्म को म्याद दिएर सुपरजायन्टको तस्विर प्रतियोगिता सुरु गरेको छ। ब्रह्मान्डको सबैभन्दा ठूलो तारा सुपरजायन्टबारे उसले प्रतियोगिता सुरु गरेको हो।

सुपर जायन्टबारे चित्र बनाउने, कविता खेल्ने, संगित बनाउने र डिजिटल कला प्रस्तुत गर्ने रहेको छ। यसमा विश्वका विभिन्न ठाउँमा रहेका जुनसुकै उमेर समूहका मानिसले भाग लिन पाउनेछन्।

प्रकाशित: May 27, 2021| 01:22 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।