मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'यास्' चक्रवातको प्रभाव : देशभरको मौसम प्रभावित, केही स्थानमा वर्षा

'यास्' चक्रवातको प्रभाव : देशभरको मौसम प्रभावित, केही स्थानमा वर्षा

हाल देशमा बंगालको खाडीमा रहेको 'यास्' चक्रवातको आंशिक प्रभावका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं - बुधबार दिउँसोदेखि काठमाडौं उत्यकासहित देशका केही स्थानमा वर्षा भइरहेको छ। हाल देशमा बंगालको खाडीमा रहेको 'यास्' चक्रवातको आंशिक प्रभावका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिनभर नै देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्‍सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

देशका हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आगामी तीन दिनसम्म नै देशभर मौसम सक्रिय रहने भएकाले महाशाखाले सतर्कता आपनाउन आग्रह गरेको छ।

प्रकाशित: May 27, 2021| 00:40 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।