काठमाडौं- नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सवार कार दुर्घटनामा परेको छ।
दाङको तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयनजिक पोखरेललगायत पत्रकारहरु सवार कारलाई बुधबार साँझ एउटा निजी स्करपियो गाडीले ठक्कर दिएको हो।
महासंघ अध्यक्ष पोखरेल, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदीलगायत सवार गाडीमा क्षति पुगे पनि सवार सबै यात्रु सुरक्षित रहेको पोखरेलले बताए।
अध्यक्ष पोखरेलले नै चलाएको कारलाई स्करपियो गाडीले ठक्कर दिएको हो। दुर्घटनामा कसैलाई चोटपटक नलागेको र आफूहरु गन्तव्यतर्फ लागेको अध्यक्ष पोखरेलले बताएका छन्।
