मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोकले मर्नै आँटे १०३ मा फोन गर्नुस्, सामान किन्ने व्यवस्था गर्छौँ : काठमाडौं सीडीओ

भोकले मर्नै आँटे १०३ मा फोन गर्नुस्, सामान किन्ने व्यवस्था गर्छौँ : काठमाडौं सीडीओ

'कोही भोकले मर्नै आँटे र खाद्यान्न किन्न पाएन भने १०३ मा फोन गर्नु भयो भने हामी त्यसको व्यवस्थापन गर्नेछौँ,' प्रजिअ पराजुलीले भनेका छन्। खाद्यान्न किन्न समस्या भए उनले नगरपालिकाका मेयर-उपमेयर र सम्बन्धित वडाध्यक्षसँग सम्पर्क गर्न सकिनेसमेत सुझाएका छन्। दालचामल किन्न नपाए प्रशासनमा समेत खबर गर्न उनले आग्रह गरे।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं- काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ‍भोकले मर्नै आँटे सामान किन्नका लागि १०३ मा फोन गरे आफूहरूले व्यवस्था गर्ने बताएका छन्। निषेध आदेश जारी गर्दै काठमाडौं उपत्यकामा खाद्यान्न पसलसमेत बन्द गरिएपछि व्यापक आलोचना भएपछि प्रजिअ पराजुलीले यस्तो बताएका हुन्। 

'कोही भोकले मर्नै आँटे र खाद्यान्न किन्न नपाए १०३ मा फोन गर्नु भयो भने हामी त्यसको व्यवस्थापन गर्नेछौँ,' प्रजिअ पराजुलीले भनेका छन्। यस्तै अत्यावश्यक दैनिक उपभोग्य वस्तु किन्न समस्या भए नगरपालिकाका मेयर-उपमेयर र सम्बन्धित वडाध्यक्षसँग सम्पर्क गर्न सकिनेसमेत उनले सुझाएका छन्। दालचामल किन्न नपाए प्रशासन कार्यालयमा समेत खबर गर्न उनले आग्रह गरे। खाद्यान्नको पर्याप्त स्टक रहेकाले अभाव नहुने उनको भनाइ छ।

यी कुनै पनि उपायबाट समस्या समाधान हुन नसके खाद्यान्नका पसल खोल्ने विषयमा पुनर्विचार गर्न सकिने उनको भनाइ छ। 

प्रकाशित: May 26, 2021| 13:04 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।