मंगलबार, भदौ ९, २०८३

माधव नेपाल समूहमै खुले योगेश भट्टराई र गोकर्ण विष्ट

नेकपा एमालेका नेताद्वय योगेश भट्टराई  र गोकर्ण विष्ट माधव नेपाल समूहमै फिर्ता भएका छन्। उनीहरु केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा गएका थिए। 
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं-  नेकपा एमालेका नेताद्वय योगेश भट्टराई  र गोकर्ण विष्ट माधव नेपाल समूहमै फिर्ता भएका छन्। बुधबार माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका १५ स्थायी कमिटी सदस्यले जारी गरेको विज्ञप्तिमा उनीहरूको समेत नामसमेत उल्लेख छ।

भट्टराईले केही दिनअघि विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई गरिएको प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्। यसपछि फेसबुकमा उनले आफूले हस्ताक्षर नगरेर ठीक गरेको प्रतीकात्मक स्टाटस लेखेका थिए। उनले सर्वोच्चमा विपक्षी गठबन्धनले दायर गरेको रिटमा पनि हस्ताक्षर गरेका थिएनन्। 

‘नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सही गरेँ कि गलत गरेँ, इतिहासको कठोर मूल्यांकनमा खडा छु,’ शुक्रबार सामाजिक सञ्जालमा लेखेका थिए। यसपछि उनी ओली पक्षमा लागेको विश्लेषण गर्न थालिएको थियो। 

गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेपनि सर्वोच्च अदालतमा विपक्षी गठबन्धनका तर्फबाट रिट दायर गर्दा हस्ताक्षर गरेका थिएनन्। पछिल्लो समय यी दुवै नेता ओली पक्षमा खुलेको भन्दै विश्लेषण गर्न थालिएको थियो। 

प्रधानमन्त्री केपी शर्माको सिफारिसमा जेठ ८ गते राती करिब पौने २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। यसपछि नेकपा एमालेको नेपाल पक्षसहितको विपक्षी गठबन्धनले विरोध गर्दै आएको छ। 

प्रकाशित: May 26, 2021| 16:12 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।