मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीकाे याेजना असफल पार्दै एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

ओलीकाे याेजना असफल पार्दै एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। 
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं - नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। 

संसदीय दलको आज बसेको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो। 

एमालेलाई एकताबद्ध बनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको प्रदेश सांसद पूर्णा जोशीले बताइन्। 

‘जनताको जिउँधनको सुरक्षा, ज्यान बचाउने कुराहरू पहिलो प्राथमिकतामा राखेर महामारी निण्न्त्रणमा सरकारले प्रभावकारी रुपमा काम गर्ने र तत्कालका लागि  समर्थन फिर्ता नलिने निर्णय भएको उनको भनाइ छ। 

उनले दीर्घकालीनरूपमा सबै राजनीतिक दलहरूसँग सार्थक संवादका माध्यमबाट सरकारको नेतृत्व परिवर्तन गर्नका लागि पनि संवाद थाल्ने निर्णय भएको बताइन्। 

‘वर्तमान परिस्थितिलाई तत्कालै सरकारमा गएका मान्छेहरूलाई फिर्ता गरेर सरकार बन्न सक्ने अवस्था नरहेको र बजेट पनि जेठ १५ भित्र ल्याउनु पर्ने भएकाले हतारोको निर्णय नगरिकन परिपक्व निर्णय गरेर मात्रै जाने भन्ने निर्णय भएको छ,’ उनले भने। 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेतृत्वकाे सुदूरपश्चिम सरकारलाई दिएकाे समर्थन फिर्ता लिन निर्देशन दिएका थिए। तर, माधव पक्षकाे बहुमत रहेकाे सुदूरपश्चिममा उक्त समूहले सरकारबाट फिर्ता नहुने जनाएकाे छ। 

प्रकाशित: May 26, 2021| 07:28 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।