मंगलबार, भदौ ९, २०८३

अक्सिजन सिलिण्डर होल्ड नगर्नू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आइपुगेका अक्सिजन सिलिन्डर ‘होल्ड’ नगर्न अनुरोध गरेको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आइपुगेका अक्सिजन सिलिन्डर ‘होल्ड’ नगर्न अनुरोध गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै सिलिण्डर होल्ड नगर्न र  एक उद्योगका सिलिन्डर अर्कोसँग साटफेर नगर्न अस्पतालहरूलाई निर्देशन दिइएको छ।

पछिल्लो समय अस्पतालमा अक्सिजन आपूर्ति सहज हुँदै गएको बेला एकअर्कामा साटफेर हुने गरेकाले समयमा अक्सिजन भर्न नपाइने समस्या देखिएको मन्त्रालयले जनाएको छ।

एउटा उद्योगका अक्सिजन सिलिण्डरहरू अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेककाले यसले आगामी दिनमा समस्या निम्त्याउने मन्त्रालयले जनाएको हो।

त्यस्तै, मन्त्रालयले सर्वसाधारणका घरमा प्राविधिक ज्ञानविना अक्सिजन सिलिन्डर नराख्न पनि आग्रह गरेको छ। अनावश्यक रुपमा घरमा सिलिन्डर राख्दा अस्पतालमा उपचाररत बिरामीलाई अक्सिजन अभाव हुन सक्ने भन्दै मन्त्रालयले यो समयमा संवेदनशील हुन सबैमा आग्रह गरेको छ।

प्रकाशित: May 26, 2021| 07:03 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।