मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा विपन्नका लागि स्वास्थ्य कार्यक्रम ल्याइने 

प्रदेश १ मा विपन्नका लागि स्वास्थ्य कार्यक्रम ल्याइने 

प्रदेश १ मा विपन्नका लागि स्वास्थ्य कार्यक्रम‍ ल्याइने भएको छ। सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि स्वास्थ्य कार्यक्रम ल्याइने बताएकी छन्।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

विराटनगर– प्रदेश १ मा विपन्नका लागि स्वास्थ्य कार्यक्रम‍ ल्याइने भएको छ। सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि स्वास्थ्य कार्यक्रम ल्याइने बताएकी छन्। उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार जुटेको बताइन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा मंगलबार अधिकारकर्मीको सुझाव लिँदै उनले सो कुरा बताइन्। विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको मन्त्री राईले बताइन्। अभियानमा प्रदेश १ का कुनै पनि नागरिक नछुटुन भनेर न्यूनतम १० रुपैयाँदेखि अधिकतम जति पनि कोषमा राख्न सक्ने गरि अवधारणा तय गरिएको उनले बताइन्। 

'सम्पन्न व्यक्तिहरू हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन,’ उनले भिनन्। गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस भनेर अवधारणा ल्याइएको उनले जानकारी दिइन्। सहजै सहयोग प्रदान गर्न सकियो भनेर‘एप्स’ निर्माण गरिने उनले जानकारी दिइन्। उनले उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राख्ने समेत बताएकी छिन्। 

सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरि प्रदेश सरकारले योजना बनाइरहेको जानकारी दिइन्। सुझाव संकलन कार्यक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए। उनले महिला, बालबालिका, जेष्ठ नागरिक सम्वन्धिको ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गरे। उनले सामाजिक विकास परिषद् गठनमा जोड दिए। 

कोकन अध्यक्ष मञ्जिता उपाध्यायले नीति तथा कार्यक्रममा सुझावसँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गरिन्। सामाजिक क्षेत्रले उठाएका सवाललाई सरकारले दीगोपना दिनुपर्नेमा उनको जोड थियो। 

माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले बलात्कार र मानव बेचविखनका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। एवीसी नेपाल प्रदेश १ अध्यक्ष विष्णु शर्माले सामाजिक क्षेत्र सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताइन।

प्रकाशित: May 26, 2021| 05:23 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।