मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालिमाटीको अत्यासलाग्दो भीडमा कोरोना छैन? (फोटोफिचर)

कालिमाटीको अत्यासलाग्दो भीडमा कोरोना छैन? (फोटोफिचर)

कालिमाटी फलफूल तथा तरकारी बजारमा उपभोक्ताको ठूलो भीड देखिएको छ। निषेश आदेशको समयमा पनि कालिमाटीका तरकारी पसल तथा अन्य पसलमा उपभोक्ताको ठूलो भीड देखिएको हो।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

कालिमाटी फलफूल तथा तरकारी बजारमा उपभोक्ताको ठूलो भीड देखिएको छ। निषेश आदेशको समयमा पनि कालिमाटीका तरकारी पसल तथा अन्य पसलमा उपभोक्ताको ठूलो भीड देखिएको हो।

कालिमाटीमा उपभोक्ताको भीड बढेको गुनासो आएपछि बैशाख २८ गते मंगलबार मात्रै काठमाडौंका सहायक सीडीओ उमाकान्त अधिकारी अनुगमनका लागि पुगेका थिए।

ठूलो भीड देखेपछि उनले कालीमाटीमा खुद्राव्यापार बन्द गर्न निर्देशन दिएका थिए। उनले त्यहाँ पुगेर व्यापारीलाई काठमाडौंमा अझै निषेध आदेश कडा हुने भएकाले सबैलाई नियम पालना गर्न निर्देशन दिएका थिए।

तर, अझै पनि त्यहाँ नियम पालना भएको देखिँदैन। कालिमाटी तरकारी बजारमा बुधबार बिहान झरिकै बीच उपभोक्ताको ठूलो भीड देखिन्थ्यो। 

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश जेठ २० गतेसम्म थपिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले जेठ २० गतेसम्म निषेध आदेश जारी राख्ने निर्णय गरेको हो।

थप गरिएको अवधिमा खाद्यान्न, किराना पसल, तरकारी पसल तथा बजार, डिपार्टमेन्ट स्टोरलगायत अन्य पसल पूर्ण रूपमा बन्द गरिने बताइएको छ। कालिमाटी पुगेका उपभोक्ताले एक हप्ता बजार पूर्ण रुपमा बन्द हुने भएपछि खाद्य सामग्री खरिद्का लागि कालिमाटी पुगेको बताएका छन्। 

स्थानीय प्रशासनले १६ गतेदेखि मर्निङ वाक र इभिनिङ वाकमा रोक लगाउने र अत्यावश्यक बाहेक काममा हिँडडुल गर्न नदिने निर्णय गरेको छ।

बैठकले सरकारी कर्मचारी, सार्वजनिक संस्थान, बैंक र इन्टरनेट सेवाप्रदायकका कर्मचारीहरूलाई पनि निश्चित समयमा मात्रै हिँड्न दिने निर्णय गरेको छ। बिहान ९:३० देखि १०:३० र बेलुका ५ देखि ६ बजेसम्म कार्यालय आवतजावतका लागिमात्रै सवारीसाधन चलाउन पाउने निर्णय भएको छ।

प्रकाशित: May 26, 2021| 03:45 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।