मंगलबार, भदौ ९, २०८३

आज ब्लड मुन र सुपर मुन एकसाथ देखिने

नेपालबाट सुपर मुन देखिए पनि ब्लडमुन भने नदेखिने नेपाल एस्ट्रोनोमिकनल सोसाइटीले जनाएकाे छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं - आज बुधबार दुई अन्तरिक्ष घटना हुँदैछन्। आज पृथ्वीबाट चन्द्रमा यो वर्षकै नजिकको दूरीमा आउँदै छ।

त्यस्तै आज नै खग्रास चन्द्रग्रहण लाग्दै छ। आज ६ वर्षपछि यी दुवै घटना एकसाथ सम्भव हुन लागेका हुन्।

पृथ्वीबाट यो वर्षकै सबैभन्दा नजिक आएको चन्द्रमाको आकृति सधैँको तुलनामा ठूलो देखिने गर्दछ। विरलै मात्र देखिने यस्तै दृश्यलाई वैज्ञानिक भाषामा सुपर मुन भन्ने गरिन्छ। सामान्यतः यो दिन अन्य दिनको तुलनामा चन्द्रमा केही चम्किलो देखिन्छ।

आज पृथ्वी र सूर्यबीचको दूरी तीन लाख ६० हजार किलोमिटर हुनेछ। पृथ्वीबाट सबैभन्दा टाढा भएको अवस्थामा चन्द्रमासँगको दूरी चार लाख पाँच हजार किलोमिटर रहन्छन्।

त्यस्तै आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। सूर्य र चन्द्रको बीचमा पृथ्वी भएको अवस्थामा तीन आकाशीय पिण्ड एकै साल रेखामा परेको अवस्थामा चन्द्रग्रहण लाग्ने गरेको छ।

पूर्णिमामा लाग्ने चन्द्रग्रहण पृथ्वीको छायाँ सूर्यमा पर्दा पृथ्वीबाट चन्द्रमाको सतहमा छायाँ परेपछि देखिन्छ। यदि चन्द्रमाको पूरै सतहमा छायाँ परेमा त्यस्ताे ग्रहणलाई खग्रास चन्द्रग्रहण भन्ने गरिन्छ।

र, त्यही खग्रास चन्द्रग्रहणलाई ब्लड मुन पनि भन्ने गरिन्छ। यो २०१९ पछिको पहिलो ब्लड मुन हो।

साथै यो वर्षको एकमात्र खग्रास चन्द्रग्रहण हो। तर, नेपालबाट सुपर मुन देखिए पनि ब्लडमुन भने नदेखिने नेपाल एस्ट्रोनोमिकनल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराई बताउँछन्।

छायाँका दुई प्रकार हुन्छन्। एउटा सघन छायाँ र अर्को विरल छायाँ। नेपालबाट विरल छायाँ देखिन्छ त्यसको अर्थ नेपालबाट ब्लड मुन देखिँदैन भन्ने हो। ब्लडमुनका लागि चन्द्रमाको पूरा सहतमा सघन छायाँ पर्नुपर्छ।

त्यसो त नेपालमा साँझ ६ बजेर ५३ मिनेटमा देखिन सुरु भएको ग्रहण ७ बजेर ३४ मिनेटमा सकिने छ। ‘यदि त्यो समयमा नेपालबाट चन्द्रमा रातो देखिए वा ब्लडमुन जस्तो देखिए मौसमको प्रभावका कारण मात्र हो,’ सुरेशले भने, ‘नेपालबाट चाहिँ ब्लड मुन देखिँदैन। तर कोरिया, जापान, अष्ट्रेलियालगायतका देशहरूबाट देखिनेछ।’

नेपालबाट चन्द्रमा उदाएपछिको ४१ मिनेटसम्म ग्रहण देखिन सक्ने छ। त्यो विरल छायाँ मात्र हुनेछ। त्यसैले नेपालबाट नदेखिने ग्रहणका लागि पात्रो र सूचनामा जानकारी नदिइने भट्टराई बताउँछन्।

प्रकाशित: May 26, 2021| 03:25 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।