मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीमा बुद्धजयन्तीको रौनक, साँझ दीप प्रज्जवल गरिने 

लुम्बिनीमा बुद्धजयन्तीको रौनक, साँझ दीप प्रज्जवल गरिने 

कोरोना महामारीका कारण यो वर्ष २५६५औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस पूजापाठ तथा दीप प्रज्जवलन गरि  मनाउन सुरू गरिएको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

बुटवल - कोरोना महामारीका कारण यो वर्ष २५६५औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस पूजापाठ तथा दीप प्रज्जवलन गरि  मनाउन सुरू गरिएको छ। आज बिहान सबै गुम्बा, विहारको प्रतिनिधित्व हुने गरी बुद्व जन्मस्थल लुम्बिनिमा  परित्राण पाठ गरिएको छ। 

मायादेवी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रीको सन्देश वाचन गरिएको छ। पूजापाठमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन्।  यस्तै साँझ कोरोना निवारण र संक्रमितको स्वास्थ्यलाभको कामनासहित दीप प्रज्जवलन गरिने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयाले बताए। 

उनका अनुसार कोरोनाले देशमा ठूलो क्षति गराएकाले यो वर्ष बुद्धलाई स्मरण गरि सीमित उपस्थितिमा पुजापाठ गरि बुद्धजयन्ति मनाउन सुरू भएको हो। 

गत वर्ष पनि कोरोना महामारीकै कारण बुद्धजयन्ति पूजापाठमा मात्र सीमित भएको लुम्बिनी क्षेत्र विकास कोषका सदस्य-सचिव सानुराजा शाक्यले जानकारी दिए। विगतका बुद्धजयन्तिमा राष्ट्रप्रमुख, विदेशी कुटनीतिज्ञहरूको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेको थियो। 

बुद्ध धर्ममा वैशाख पूर्णिमालाई महत्त्वका साथ लिने गरिन्छ। वैशाख पूर्णिमा सिद्धार्थ गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र ८० वर्षको उमेरमा महापरीनिर्वाण भएको थियो। 

नेपाल सहित भुटान, थाइल्यान्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलंका, लाओस, कोरिया, जापान, चीनलगायतका देशमा बुद्धजयन्ति मनाउने गरिएको छ। 

गौतम बुद्धको २५६५ वर्षअघि हालको लुम्बिनी जन्म भएको थियो। कोरोनाका कारण गत बर्षदेखि नै यहाँ पर्यटक आउन सकेका छैनन्। अन्तर्राष्ट्रिय पर्यटकहरू लुम्बिनि आउने सिजनमै कोरोना महामारी बढ्ने र लकडाउन हुने गरेकाले पर्यटक आवागमन सुन्य भएको लुम्बिनी विकास कोषले जनाएको छ।

प्रकाशित: May 26, 2021| 02:30 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।