मंगलबार, भदौ ९, २०८३

विनाशकारी चक्रवात ‘यास्’काे नेपालमा प्रभाव कति?

बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात ‘यास्’ को असर नेपालमा आंशिक परेको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं - बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात ‘यास्’ को असर नेपालमा आंशिक परेको छ, जसकारण देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। 

हाल प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली छ। साथै बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली/उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवातको असर शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबारदेखि नेपालमा यसकाे प्रभाव परेकाे हाे। सर्तकता अपनाउन महाशाखाले सबैमा अनुराेध गरेकाे छ। 

सो चक्रवात अहिले भारतको उडिशा धामरा बन्दरगाह आसपास पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यहाँ रेलसेवा, हवाई सेवा बन्द छन्। त्यहाँका ९ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित: May 26, 2021| 01:30 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।