मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुर्गा प्रसाईंको बी एन्ड सीलाई दिएको सम्बन्धनप्रति केयु प्राध्यापक संघको आपत्ति

दुर्गा प्रसाईंको बी एन्ड सीलाई दिएको सम्बन्धनप्रति केयु प्राध्यापक संघको आपत्ति

 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविश्वद्यालयले सम्बन्धन दिएको भन्दै प्राध्यापक संघले आपत्ति प्रकट गरेको छ। विश्वविद्यालयको ८९औँ सभाको एजेन्डा नै नभएको मेडिकल कलेजला सम्बन्धन दिन दबाब दिइएको भन्दै काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको हो।

मंगलबार संघले विज्ञप्ति जारी गरी विश्वविद्यालयले चिकित्सा शिक्षा ऐनलाई मिचेर दिएको सम्बन्धन अवैधानिक भएको समेत उल्लेख गरेको छ। चिकित्सा शिक्षा ऐनलाई लत्याएर बी एन्ड सीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढ्नु अनुचित र अवाञ्छित भएको संघको ठहर छ। 

काठमाडौं विश्वविद्यालअन्तर्गत अहिले भएका कलेजहरुको नै अनुगमन र निरीक्षण गर्न हम्मे–हम्मे परिरहेका बेला थप सम्बन्धनका लागि दबाब दिएको कुरा संघलाई स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ। 

डा गोविन्द केसीका प्रेस संयोजक प्रितम सुवेदीमाथि कलेजका सञ्चालक प्रसाईंले भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति पनि निन्दा गरेको छ।

No description available.

प्रकाशित: May 25, 2021| 17:43 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।