मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुनसुकै देशबाट भएपनि प्रभावकारी खोप ल्याउनू : प्रधानमन्त्री ओली

जुनसुकै देशबाट भएपनि प्रभावकारी खोप ल्याउनू : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी गर्न सहज हुने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन्। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी गर्न सहज हुने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन्।  एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्षसमेत रहेका ओलीले कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछि समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन जारी गरेका हुन्।

‘खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाइँ जितिन्छ। अन्यथा लडाइ गरिरहनुपर्ने भयो,’ उनले भने। कोभिड-१९ विरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायलाई उनले निर्देशन दिए।

प्रधानमन्त्री ओलीले जनताको जीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको समेत बताएका थिए। सरकारले हालै ल्याएको कोभिड-१९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र स्रोत साधन सरकारले तत्कालै उपलब्ध गराउने समेत उनको भनाइ छ।

प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्याङ्क हासिल गरी उपचार सेवाको अवस्था, चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने बताए।

‘पालिका-पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेसनमा कति बसेका छन्? कति जँचाउन आएका छन् कति आएका छैनन् तिनको अवस्था के छ भन्नेसम्मको पूर्ण जानकारीदेखि हामीसँग खोप कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ,’ उनको भनाइ छ।

विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिन्डर मगाएर समेत उच्च महत्त्व दिएको प्रधानमन्त्रीको भनाइ छ। अहिले विभिन्न मित्र राष्ट्रहरुबाट अक्सिजन सिलिन्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्विड अक्जिजन सिलिन्डर कै व्यवस्था गर्न पनि सरकार लागिपरेको उनको दाबी छ। यसबाट अक्सिजनको आपूर्तिमा उल्लेख्य सुधार आएको समेत प्रधानमन्त्रीको भनाइ छ। 

प्रकाशित: May 25, 2021| 14:27 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।