मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउन सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउन सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

उपराष्ट्रपति पुनले कोभिड परीक्षण तीव्र बनाउन र संक्रमितको उपचार प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासका साथै आमजनताको पूर्णसाथ र सहयोगको खाँचो औँल्याएका छन्। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारलाई ध्यानाकर्षण गराएका छन्। विश्व शान्तिदूत एवं बौद्धधर्मका प्रवर्तक गौतम बुद्धको २५६५औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाको पूर्वसन्ध्यामा एक सन्देश दिँदै उनले कोरोना सरकारलाई कोरोना संक्रमितको उचपारमा ध्यान दिनमसेत आग्रह गरेका छन्। 

उपराष्ट्रपति पुनले कोभिड परीक्षण तीव्र बनाउन र संक्रमितको उपचार प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासका साथै आमजनताको पूर्णसाथ र सहयोगको खाँचो औँल्याएका छन्। 

'म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका नियमहरुको पूर्ण पालना गर्न, आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्ने भूमिका निर्वाह गर्न आम दिदीबहिनी तथा दाजुभाइहरुलाई अपिल गर्दछु,' उनले भनेका छन्। 

बुद्धका उपदेशलाई आत्मसात् गर्न सके कोरोना भाइरसलगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्ने उनको विश्वास छ। 

प्रकाशित: May 25, 2021| 14:13 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।