मंगलबार, भदौ ९, २०८३

जंगली च्याउ खाएर बिरामी परेका २ जनाको मृत्यु

च्याउ खाएपछि गम्भीर बिरामी परेकी निर्जलाको मंगलबार बिहान विराटनगरस्थित लाइफगार्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनका आफन्त डेबिन मेवाहाङले जानकारी दिए। यसअघि आइतबार रोजिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

सङ्खुवासभा- सङ्खुवासभाको सिलिचोङ गाउँपलिका-५ याफुमा जङ्गली च्याउ खाँदा बिरामी परेका दुई जनाको मृत्यु भएको छ। याफुकी २१ वर्षीया निर्जला राई र ८ वर्षीय रेजिना राईको मृत्यु भएको हो। 

च्याउ खाएपछि गम्भीर बिरामी परेकी निर्जलाको मंगलबार बिहान विराटनगरस्थित लाइफगार्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनका आफन्त डेबिन मेवाहाङले जानकारी दिए। यसअघि आइतबार रोजिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।

गम्भीर बिरामी परेका ८ वर्षीय सन्धन राईलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसियू कक्षमा राखी उपचार जारी राखिएको छ।

गत शुक्रबार जङ्गली च्याउ खाएर सिलिचोङ-५ याफुका राईसहित परिवारका ९ जना बिरामी भएका थिए। 

प्रकाशित: May 25, 2021| 12:52 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।