मंगलबार, भदौ ९, २०८३

हिमाल अक्सिजन उद्योगको उत्पादन रोकियो   

मोरङको बूढीगंगा गाउँपालिकाको नेमुवामा अक्सिजन उत्पादन गर्दै आएको हिमाल अक्सिजन उद्योगको उत्पादन रोकिएको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

विराटनगर– मोरङको बूढीगंगा गाउँपालिकाको नेमुवामा अक्सिजन उत्पादन गर्दै आएको हिमाल अक्सिजन उद्योगको उत्पादन रोकिएको छ।

मंगलबार बिहान ७ बजेदेखि मोटरमा समस्या भएर उत्पादन बन्द हुँदा अक्सिजन आपूर्ति प्रभावित बनेको छ। उत्पादन र आपूर्ति प्रभावित हुँदा अक्सिजन सपोर्टमा उपचाररत कोरोना संक्रमितलाई समस्या हुनसक्ने उद्योगले जनाएको छ। 

मोटरमा एक्कासी समस्या आएको उद्योगका इन्चार्ज उद्धव थापाले जानकारी दिए। उनका अनुसार समस्या भएपछि अक्सिजन उत्पादन हुन छाडेको छ। उद्योगले दिनभर माग भएर आएका अस्पतालहरुमा अक्सिजन आपूर्ति गर्न नसकेको थापाले बताए।
 
उद्योगले दैनिक करिव ७ सय सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको छ। उद्योगमा दैनिक १२ सय सिलिन्डरभन्दा बढी अक्सिजनको माग रहेको थापाले बताए। माग भएर आएका अस्पताल वा निकायबाट ल्याइएका खाली सिलिन्डरलाई रिफिल उद्योगले अक्सिजन पठाउने गरेको छ। दैनिक १२ घण्टा चल्ने उद्योग अक्सिजन आवश्यक पर्ने कोरोना संक्रमितको संख्या बढेपछि २४ घण्टा नै चलिरहेको इन्चार्ज थापाले बताए। 

थापाका अनुसार उद्योगमा समस्या आएकाले तत्काललाई अक्सिजन आपूर्तिको विकल्प खोज्नका लागि अस्पतालहरुलाई जानकारी गराइसकिएको छ। दैनिक एक दर्जन अस्पतालले अक्सिजन माग गरिरहेका बेला उत्पादन रोकिएपछि ठूलो संकट आइलागेको उनले बताए। 

कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अक्सिजन उद्योगमा समस्या आएर नियमित उत्पादनमा असर पर्दा कोरोना संक्रमितको उपचार प्रभावित हुने अवस्था रहेको बताए। 

प्रदेश १ को मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन्। सबै उद्योगमा अक्सिजनको माग अत्याधिक छ। सबै उद्योगले गरेर दैनिक तीन हजार सिलिन्डर बढी अक्सिजन उत्पादन गरिरहेका छन्।
 

प्रकाशित: May 25, 2021| 13:03 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।